प्रदेश १ र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदेश १ र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    काठमाण्डौ : आज प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

    देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।  उहाँका अनुसार आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । 

    राति पनि प्रदेश १ र गण्डकी प्रदेशको एक, दुई ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली नेपालमा नभएकोले देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन ।

    भोलि र पर्सि पनि देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।