गण्डकीमा एकैदिन १०२ कोरोना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा एकैदिन १०२ कोरोना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    पोखरा : गण्डकी प्रदेशमा बिहीबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा बिहीबारमात्रै १०२ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    निर्देशनालयले बिहीबार बिहान र दिउँसो गरेर तीन पटक दिएको जानकारी अनुसार २३, ५ र ७४ गरी १०२ जनामा कोरोना पुष्टि भएको हो।

    बिहीबार थपिएका संक्रमितमा कास्कीका मात्रै ७४ जना रहेका छन्। त्यस्तै लमजुङमा ५, नवलपरासी (सुस्तापूर्व)मा १२, तनहुँमा ५, बागलुङमा ४, गोरखामा २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    संक्रमितमध्ये कास्कीका ५ र बागलुङका ३ जना भारतबाट आइ क्वारेन्टिनमा बसेका ब्यक्ति भएको र अन्य कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको निर्देशक शर्माले जानकारी दिनुभयो ।