महिला सशक्तीकरण सञ्चार समाज गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला सशक्तीकरण सञ्चार समाज गठन

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँमा क्रियाशील महिला सञ्चारकर्मीको भेलाले महिला सशक्तीकरण सञ्चार समाज गठन गरेको छ । बुधबार आयोजित भेलाले प्रकृति खनालको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्यसमिति गठन गरेको हो ।

    जसको प्रथम उपाध्यक्षमा विमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, काेषाध्यक्षमा सुनिता आचार्य र सहसचिवमा ममता गुरूङ चयन हुनुभएको छ ।

    समाजको सदस्यहरुमा अस्मिता खनाल, सम्झना रसाइली, आजिमा खातुन, बिन्दु नैनाबस्ती, काेपिला सुनार, मनु सापकोटा र शर्मिला विक हुनुभएको छ ।

    सञ्चार क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूकाे पेशागत तथा कार्यक्षमता अभिवृद्धि गराउने हेतुले संस्था गठन गरिएकाे नवनिर्वाचित अध्यक्ष खनालले वताउनुभयाे। समाजले तनहुँ कार्यक्षेत्र बनाई सञ्चार संस्थासँग आबद्ध महिलाहरूकाे हकहितमा काम गर्ने सचिव अञ्जु दाहलले जानकारी दिनुभयाे ।

    समाजको आगामी बैठकबाट तनहुँका प्रत्येक स्थानीय तहमा संयाेजक ताेकी सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिने समाजले जनाएको छ ।