बन्दीपुर गाउँसभा : विभिन्न विधेयक पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर गाउँसभा : विभिन्न विधेयक पारित

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७७, बुधबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले विभिन्न विधेयक पारित गरेको छ । गाउँपालिकाले बुधबार सम्पन्न आठौ गाउँसभाले चार वटा विधेयक पारित गरेको हो ।

    सभाले उपाध्यक्ष करुणा गुरुङले प्रस्तुत गर्नुभएको संशोधित विनियोजित विधेयक, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद लामिछानेले प्रस्तुत गर्नुभएको कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक विकास समितिका संयोजक सन्तबहादुर गुरुङले प्रस्तुत गर्नुभएको बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको विधेयक, सार्वजनिक सेवा प्रवाह तथा सुशासन समितिका संयोजक भानुभक्त पोख्रेलले प्रस्तुत गर्नुभएको सेवा प्रवाहलाई जनमुखी र पारदर्शी बनाउन सुशासन विधेयक पारित गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँसभालाई सङ्घीय संसदको ढाँचामा सञ्चालन गरिएको जानकारी दिनुभयो । विधेयक प्रस्तुत गरेपछि गाउँसभाका सदस्यलाई उक्त विधेयकमाथि छलफल गर्न दिइएको थियो । सबै विधेयक सर्वसम्मतबाट पारित भएको अध्यक्ष थापाले बताउनुभयो ।