देवघाट । देवघाट गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । वडाध्यक्ष र दुई सदस्य काङ्ग्रेस र दुई सदस्य नेकपा एमालेले ले जितेको छ ।
पूर्णबहादुर कुंवर एक हजार आठ सय छ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका शिवराज पौडेलले एक हजार दुई सय १४ मत प्राप्त गरे।
खुल्ला सदस्यमा काङ्ग्रेसका यामबहादुर मगर एक हजार छ सय ५२, बुद्धिबहादुर पाण्डे एक हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यमा एमालेका कमला गुरुङ एक हजार तीन सय ९८ र दलित महिला सदस्यमा एमालेकै सरस्वती परियार एक हजार तीन सय ९२ मत प्राप्त गरी विजयी भएकी छन् ।