भानु जयन्ती तीन दिन मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु जयन्ती तीन दिन मनाइने

    खबरपुञ्ज संवाददाता

    २ असार २०७९, शुक्रबार

    भानु । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको शुक्रबार बसेको बैठकले राष्ट्रिय विभूति भानुभक्त आचार्यको दुई सय नवौं जन्मजयन्ती तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।

    दिवसको अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दिपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए।

    असार २९ गते प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ ।

    भानु जयन्तीको अवसरमा भानु नगरपालिकाले प्रत्येक वर्ष असार २९ गते सार्वजनिक बिदा दिँदै आएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो ।

    नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।