पल शाहको सुनुवाईमा बहस सकियो, आजै आउला फैसला ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाहको सुनुवाईमा बहस सकियो, आजै आउला फैसला ?

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७९, मंगलवार

    दमौली । नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाह विरुद्धको मुद्धामा तनहुँ अदालतमा मंगलबार बहस सकिएको छ । पटक-पटक पेशी तोकिएर स्थगित भएको शाहको पेशीमा बहस सकिएको हो ।

    शाहका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।

    तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुंवरले उक्त मुद्धाको बहस सकिएको जानकारी दिए । ‘बहस सकिएको छ, के हुन्छ एकछिनपछि थाहा होला,’ उनले भने ।

    शाहको मुद्धामा नवलपुर अदालतले भने फैसला गरिसकेको छ । नवलपुर अदालतले शाहलाई यौन दुरुपयोग मुद्धामा गत भदौ २१ गते गुई वर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला भएको थियो ।

    शाहले उक्त फैसला उपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका छन् ।