व्यासकाे प्रमुख प्रशासकीय अधिकृतमा सुवेदी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासकाे प्रमुख प्रशासकीय अधिकृतमा सुवेदी

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा गङ्गालाल सुवेदी आउने भएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाकाे गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएपछि सुवेदी यहाँ आउन लागेका हुन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे निर्णय अनुसार सुवेदी व्यासमा आउन लागेका हुन् । उनी प्रदेश मन्त्रालयमा कार्यरत थिए ।

    सुवेदी यसअघि तनहुँकै शुक्लागण्डकी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए ।