काठमाडाै । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता हुँदैछ।
अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा दर्ता अघि बढेको हो।
उक्त रिट सोमबार दर्ता अघि बढ्ने खबर पाएपछि अधिवक्ता आरन अहिले सर्वोच्च अदालतमा पुगिसकेका छ्न्।
सर्वोच्च अदालतले शुक्रवार आरनसहितले दिएको उक्त रिट दर्ताका लागि आदेश दिएको थियो।
उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा रिट दर्ता हुन लागेको हो। (नेपाल खबरबाट)