तउवासंघ दमौली इकाईको अधिवेशन : को-को छन् आकांक्षी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ दमौली इकाईको अधिवेशन : को-को छन् आकांक्षी ?

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८०, शुक्रबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अधिवेशन तथा साधारणसभा शनिबार हुँदैछ । अधिवेशनले इकाईको नयॉ नेतृत्व चयन गर्नेछ ।

    इकाईको नेतृत्वका लागि व्यवसायीले आकांक्षा व्यक्त गर्न थालेका छन् । हालसम्म सभापतिका लागि सुकनारायण मल्लको मात्रै नाम आएको छ । तर शनिबारसम्म सभापतिका अन्य आकांक्षी पनि आउन सक्ने भएकाले चुनाव नै हुने सम्भावना छ ।

    उपसभापतिका लागि शेषराज श्रेष्ठ, राजन मियॉ र इन्द्रलाल श्रेष्ठ आकांक्षी छन् । त्यस्तै कोषाध्यक्षका लागि युवराज भण्डारी आकांक्षी छन् । सचिव पद भने सदस्यबाट मनोनित हुने व्यवस्था छ ।

    त्यस्तै सदस्यका लागि नारायण सापकोटा, अनिल श्रेष्ठ, अनुप दाहाल लगायत आकांक्षी छन् ।