हिरासतमा रहेका कैलास सिरोहिया अस्वस्थ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हिरासतमा रहेका कैलास सिरोहिया अस्वस्थ

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८१, शनिबार

    काठमाडौ । नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

    चार दिनदेखि हिरासतमा रहेका सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखेपछि अस्पताल भर्ना गरिएको हो ।

    उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सारिएको छ ।

    छाती तथा मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले सिरोहियालाई अस्पताल पठाउन आग्रह गरेका थिए ।

    सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायतको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    सिरोहिया गत मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाट पक्राउ परेका थिए ।