मर्दीखाेलामा डुबेर एककाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मर्दीखाेलामा डुबेर एककाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानमा मर्दीखोलामा डुबेर एक पुरुषको ज्यान गएको छ । आइतबार पौने ५ बजेतिर रिभानको शान्तिघाटमा पौडी खेल्ने क्रममा मादी–५, रिभानको आनन्द ठाँटी बस्ने ४९ वर्षीय शिवबहादुर थापामगर डुबेका थिए ।

    आइतबार साँझ ५ बजेतिर थापामगरको शव प्रहरीले निकालेको थियो । थापामगर खोलाको रहमा डुबेको खबर वडाध्यक्ष नारायण पाण्डेले प्रहरीलाई दिएपछि प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए ।

    अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको प्रहरी टोली र स्थानीयले थापामगरको शव निकालेको र पोष्टमार्टमा लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।