राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

    खबरपुञ्ज संवाददाता

    १ असार २०८१, शनिबार

    जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार यहाँ उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । साे अवसरमा राष्ट्रपति पाैडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहास्थित नेपालीहरूले स्वागत गरेका थिए।

    साे अवसरमा राजदूत सुवेदीले स्विस नेपालकाे सम्बन्ध, विकास र सहयाेगका विविध पक्षबारे जानकारी गराएका थिए । साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।

    समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।

    राष्ट्रपति पाैडेलले अन्तर्राष्ट्रिय श्रम संगठनकाे जेनेभामा भएको ११२ आै अन्तर्राष्ट्रिय श्रम सम्मेलनकाे उच्चस्तरीय सत्रमा आयाेजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बाेधन गरेका थिए।
    उनी मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भाेलि त्यस तर्फ जाने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।