प्रजातन्न्र सेनानी भट्टराईकाे निधनमा सभापति देउवाद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रजातन्न्र सेनानी भट्टराईकाे निधनमा सभापति देउवाद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०८१, शुक्रबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका-१२ घर भई हाल काठमाडाै निवासी प्रजातन्त्र सेनानी स्वर्गीय श्रीराम भट्टराईकाे निधनमा नेपाली काङ्गग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । देउवाले शुक्रबार शाेक सन्देश मार्फत् उनकाे निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

    सभापति देउवाले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

    भट्टराईकाे बिहीबार निधन भएकाे थियाे । उनकाे बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ ।

    २००१ सालमा तनहुँमा जन्मिएका स्वर्गीय भट्टराईले तरूण पत्रिका, पञ्चायत विरोधी पर्चा, पम्प्लेट भूमिगत रुपमा वनारसबाट ल्याई दमौलीमा छर्दा तत्कालीन व्यवस्थाले उनलाई गिरफ्तार गरेको थियो। उनले दुई वर्ष जेल जीवन र जरिवाना समेत तिरेका थिए।

    स्वर्गीय भट्टराईले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।