ऑबुखैरेनीमा म्युजिकल एण्ड फुड फेस्टिबल हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा म्युजिकल एण्ड फुड फेस्टिबल हुने

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८१, बुधबार

    दमौली । तनहुँको ऑबुखैरेनीमा असोज २२ गते म्युजिकल एण्ड फुड फेस्टिबल हुने भएको छ । दशैको अवसर पारेर रिसेन्ट युवा क्लवले ऑबुखैरेनी-३ हाटबजारमा कार्यक्रम गर्न लागेको हो ।

    कार्यक्रममा पूर्ण राई दाजुभाई, माइत घरका व्याण्डका कलाकारको प्रस्तुती रहने क्लवका म्यानेजर निरज श्रेष्ठले जानकारी दिए ।

    क्लवले विभिन्न ठाउँमा च्यारिटि कार्यक्रम गरी मिर्गौला बिरामी, प्यारालाइसिस, क्यान्सर बिरामी तथा असाहय व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । नितान्त रुपमा सामाजिक सेवा गर्ने उद्धेश्य सहित क्लवले ऑबुखैरेनीमा कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष रोहित मगरले जानकारी दिए ।