केपी ओली प्रधानमन्त्री हुन्जेल जनताले दुःख पाउँछन्ः रवि लामिछाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    केपी ओली प्रधानमन्त्री हुन्जेल जनताले दुःख पाउँछन्ः रवि लामिछाने

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८१, आईतवार

    पोखरा । पक्राउपछि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएका पूर्व गृहमन्त्री रवि लामिछानेले केपी शर्मा ओलीको सरकार हुन्जेल जनताले दुःख पाउने बताएका छन्।

    प्रहरीको भ्यानमा अदालत पुर्याइएका रास्वपा सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग भने, ‘केपी ओलीको सरकारविरुद्ध उत्रन म सबैलाई आह्वान गर्दछु।’

    ओली सरकारले निर्दोष मान्छेलाई झुठा मुद्दा लगाउने काम गरेको उनले आरोप लगाए। उनले भने, ‘ओली हुन्जेल झूठा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ।’

    उनले आफूलाई जस्तै प्रधानमन्त्री ओलीलाई छानविन गर्ने हो भने उनी सबै भन्दा बढी भ्रस्टाचारी ठहरिने बताए। ओली प्रधानमन्त्री भएकोमा देशको दुर्भाग्य भएको उनले बताए।

    सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ गरी लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको हो।