दमौली । व्यास नगरपालिका-५ पाटनस्थित पराशर माविमा व्यास-३ निवासी डा. सुशीलप्रसाद वाग्लेले एक लाख ११ हजार एक सय ११ को छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न वाग्लेले उक्त कोष स्थापना गरेका हुन् ।
यसअघि एक लाखको डा. सुशीलप्रसाद वाग्ले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षय कोषको रकममा रु ११ हजार एक सय ११ थप गरी डा. सुशीलप्रसाद तथा मञ्जु वाग्ले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षय कोषको स्थापना गरेको विद्यालयले जनाएको छ ।