डिभाइडरमा ठोकिएर त्रिशूलीमा बेपत्ता भएका चितवनका रानाको खोजी जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिभाइडरमा ठोकिएर त्रिशूलीमा बेपत्ता भएका चितवनका रानाको खोजी जारी

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८१, शुक्रबार

    चितवन । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

    काठमाडौंका लागि रामनगरबाट एक्लै निस्किएका राना सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल चितवनको इच्छाकामना गाउँपालिका–५ मा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । आज बिहान ११:५० बजे मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोकिदाँ राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका थिए । ‘डिभाइडरमा उछिट्टिएर उहाँ झर्नुभएको रहेछ,’ इन्स्पेक्टर भण्डारीले भनिन्, ‘खोजी जारी छ । भेटिएको छैन ।’

    अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले त्रिशूलीमा उनको खोजी गरिरहेको छ । इन्स्पेक्टर भण्डारीका अनुसार घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएपछि उनी चितवनको भएको पुष्टि भएको हो । उनी भारतीय सेनामा समेत  (गोर्खा राइफल म्यान) मा कार्यरत रहेको पुष्टि भएको छ।