पञ्जाबलाई हराउँदै आरसिबी ९ वर्षपछि आइपिएल फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पञ्जाबलाई हराउँदै आरसिबी ९ वर्षपछि आइपिएल फाइनलमा

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८२, बिहीबार

    एजेन्सी, १५ जेठ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को आइपिएल फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै आरसिबी ९ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

    आरसिबीले पछिल्लोपटक सन् २०१६ मा आइपिएलमा स्थान बनाएको थियो । उसले समग्रमा चौथोपटक आइपिएल फाइनलको यात्रा गरेको हो ।  

    बिहीबार पञ्जाबले दिएको १ सय २ रनको सामान्य लक्ष्य आरसिबीले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका ओपनर लागि फिल साल्टले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ६ चौका र तीन छक्कासहित अविजित ५६ रनको पारी खेलेका हुन् ।

    यस्तै, मयंक अग्रवालले १९, कप्तान रजत पाटिदारले नटआउट १५ र विराट कोहलीले १२ रन जोडे । पञ्जाबका लागि कायल जेमिसन र मुसीर खानले एक/एक विकेट लिए ।  

    त्यसअघि मुल्लानपुरस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाब १४.१ ओभरमा १ सय १ रनमा अलआउट भयो । 

    उसका लागि मार्कस स्टोइनिसले २६, प्रभसिमरन सिंह र अज्मतुल्लाह ओमारजाईले १८/१८ रन जोडे ।

    आरसिबीका लागि जोस हेजलउड, सुयस शर्मा र यश दयालले तीन/तीन, रोमारियो शेफर्ड र भुवनेश्वर कुमारले एक/एक विकेट लिए । आरसिबीसँग पराजित पञ्जाबले अब फाइनल पुग्न एलिमिनेटरको विजेतासँग खेल्ने छ ।

    एलिमिनेटरमा शुक्रबार मुम्बई इण्डियन्स र गुजरात टाइटन्स खेल्ने तालिका छ ।