विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका २१ कर्मचारीको सरूवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका २१ कर्मचारीको सरूवा

    खबरपुञ्ज संवाददाता

    २ असार २०८२, मंगलवार

    काठमाडौं, ३ असार । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सरूवा, पदस्थापन तथा काज खटाइएको हाे । 

    मन्त्रालयका सहसचिव राजुराज कडरियालाई गोरखा, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर, गुल्मीका प्रजिअ जनार्दन गौतमलाई डडेलधुरा, मन्त्रालयकी सहसचिव सुनिता नेपाललाई इलामको प्रजिअमा सरूवा गरिएको छ भने इलामकी प्रजिअ कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ । 

    मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरूवा विवरणअनुसार बैतडीका प्रजिअलाई दीर्घराज उपाध्याय र डोटीका प्रजिअ मोहनराज जोशीलाई गृह मन्त्रालय ल्याइएको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा खटाइएको छ ।