कारागारबाट रिहा भए दुर्गा प्रसाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कारागारबाट रिहा भए दुर्गा प्रसाइ

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८२, सोमबार

    काठमाडौ, १९ साउन । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई भर्खरै रिहा गरेको हो ।

    कारागारबाट रिहा भएपछि प्रसाईंले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन खोजेका थिए । तर, प्रहरीले उनी चढेको गाडीलाई अघि बढ्न भन्यो ।

    १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।