


दमौली, २६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तनहुँको भिमाद आउने भएका छन् । भिमादमा सहिद कल्याण खनालको अर्धकदको शालिक अनावरण एवं स्मृति सभालाई सम्बोधन गर्न देउवा यहॉ आउन लागेका हुन् ।
नेपाली कांग्रेस तनहुँको आयोजनामा हुने कार्यक्रममा पार्टीका केन्द्र तथा जिल्ला स्तरीय नेताहरुको सहभागिता रहनेछ ।
२३ वर्ष अगाडी कल्याण खनालको तत्कालिन विद्रोही समूहले हत्या गरेको थियो ।