तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८२, आईतवार

    चितवन, १ भदौ । तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ। तुइन पुलनजिकै आइतबार बिहान करिब ४ बजेतिर ढुंगासहितको पहिरो खसेर दुवैतर्फी सडक अवरूद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।

    ‘बिहान ४ः०० बजेतिर मुग्लिन–नारायणगढ सडक खण्डको तुइन पुलनजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ। पहिरो हटाउनको लागि डिभिजनबाट मेसिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ,’ भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।

    सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन दुई–तीन घन्टा लाग्ने पनि जानकारी दिएको छ।

    ‘अबको करिब दुई–तीन घन्टाभित्र पहिरो हटाइ सवारी आवागमन दुवैतर्फ सञ्चालन हुने जानकारी गराउँदछौं। वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध गरिन्छ,’ सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिँदै भनेका छन्।