


काठमाडौ, २७ भदौ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । राष्ट्रपति निवास शितलनिवासमा शुक्रबार सम्पन्न बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।
यससँगै हालको प्रतिनिधि सभा विघटन गरिने भएको छ । कार्कीको शपथ आजै हुने शितलनिवास स्रोतले जनाएको छ ।