आन्दाेलनकारीले कार्यालय ध्वस्त पारेपछि टहराेमुनी कार्यालय प्रमुखकाे बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आन्दाेलनकारीले कार्यालय ध्वस्त पारेपछि टहराेमुनी कार्यालय प्रमुखकाे बैठक

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८२, सोमबार

    दमाैली, ३० भदाै । जेनजी आन्दाेलनका क्रममा प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय आगजनीबाट ध्वस्त पारेपछि साेमबार कार्यालयकाे पार्किङकाे टहराेमुनी कार्यालय प्रमुखहरुकाे नियमित बैठक बसेकाे छ ।

    आगजनी र ताेडफाेडबाट प्रशासन कार्यालयले ध्वस्त भएपछि पार्किङस्थलकाे टहराेमा जिल्लास्थित कार्यालय प्रमुखहरुकाे नियमित बैठक बसेकाे हाे ।

    बैठकमा असहज परिस्थितिलाई सहजता तर्फ उन्मुख गराइ नागरिकको कामलाई हरसम्भव सफल गर्न राष्ट्रसेवक निजामती कर्मचारीहरुले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ ।

    यसैबीच कर्मचारी मिलन केन्द्रले हालै जिल्लामा सरुवा भइ आएका जिल्ला न्यायधीश शम्भुप्रसाद बराल, शुक्लागण्डकी नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पाैडेल, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय चन्द्रकान्त तिमिल्सनालाई स्वागत गरेकाे छ ।