


दमौली, १२ असोज । दसैंको अवसर पारेर रोटर्याक्ट क्लब अफ दमौलीले व्यास–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मानुङकोटमा ‘चङ्गा चैट कार्यक्रम’ सम्पन्न गरेको छ।
चङ्गा उडाएर रमाउने संस्कृति हराउँदै गएको अवस्थामा यस कार्यक्रमलाई परम्परा पुनःस्थापना गर्ने र युवापुस्तामा सामाजिक एकता बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो।

पछिल्ला वर्षहरूमा युवापुस्ताको रुचिमा नपरेका कारण चङ्गा उडाउने परम्परा हराउँदै गएकाले संस्कृतिको निरन्तरताका लागि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष गोविन्द तिमल्सिनालं बताए । परम्परालाई जीवित राख्न र नयाँ पुस्तामा आकर्षण बढाउन क्लबले हरेक वर्ष चङ्गा चैट कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।
उनले भने, ‘दसैंको माहोलमा चङ्गा उडाउँदै संस्कृति जोगाउनु मात्र होइन, आपसी सम्बन्ध मजबुत बनाउन पनि यो कार्यक्रम निकै महत्वपूर्ण बनेको छ ।’
यस वर्ष पनि चङ्गा चैटमा उत्साहजनक सहभागिता रहेको कार्यक्रमका संयोजक करण नेपालीले जानकारी दिए ।सो अवसरमा स्थानीयवासी र क्लबका सदस्यहरूले चङ्गा उडाएर रमाइलो गरेका थिए ।