


गाेरखा, १७ असाेज । दसैका बेला बन्द रहेको मनकामना केबलकार असोज १८ गतेदेखि खुल्ने भएको छ । दसैंकाे नवमी, दशमी र एकादशीको तीन दिनसम्म मनकामना केबलकार बन्द भएको थियो ।
अब भोलि शनिबार द्वादशीको दिनदेखि केबलकार नियमित तालिका अनुसार नै सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
चितवनको कुरिनटारबाट केबलकार चढेर गोरखाको मनकामना मन्दिर पुग्न सकिन्छ ।