‘तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई अस्तित्वमा छैन’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई अस्तित्वमा छैन’

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८२, सोमबार

    दमौली, ३ कात्तिक । म्याग्दे उद्योग वाणिज्य संघले तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई अस्तित्वमा नरहेको जनाएको छ ।

    संघका सचिव राजिव श्रेष्ठले सोमबार विज्ञप्ती जारी गरी म्याग्दे उद्योग वाणिज्य संघबारे केहि संस्था तथा व्यक्तिहरुबाट फैलाईएको अफवाह प्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    विज्ञप्तीमा भनिएको छ, ‘साविक तनहुँ उद्योग वाणिज्य संघ थर्पुबजार इकाईको मिति २०८१ फागुन १७ गतेको निर्णय अनुसारको २०८१ चैत्र ४ गते म्याग्दे गाउँपालिकाको सभाहलमा सम्पन्न विशेष भेलाको निर्णय र २०८२ श्रावण १९ गते बसेको जनप्रतिनीधिहरु, इकाईका पूर्व सभापतिहरु र कार्यसमितिको पूर्ण बैठकको निर्णय अनुसार संस्थागत ढंगले आवश्यक प्रकृयाहरु पुरा गरी म्याग्दे उद्योग वाणिज्य संघ दर्ता, रुपान्तरण र संचालन भएकाले तनहुँ उद्योग वाणिज्य संघ थर्पुबजार इकाई समिति अस्तित्वमा नरहेको ब्योहोरा जानकारी गराउदछौँ ।’

    म्याग्दे उद्योग वाणिज्य संघ हालै मात्र स्थापना भएकाले म्याग्दे गाउँपालिका भित्रका व्यवसायीहरुले २०८३ असार मसान्तसम्म उद्योग वाणिज्य संघलाई नविकरण शुल्क बुझाउनु नपर्ने जनाइएको छ।

    म्याग्दे उद्योग वाणिज्य संघ म्याग्दे गाउँपालिका भरीका उद्यमी व्यवसायीको साझा संस्था भएकाले केही संस्था तथा व्यक्तिहरुले फैलाउन सक्ने अफवाह हरुबाट भ्रममा नपर्न जनाइएको छ ।