भोलि राति दुई घण्टा आँबुखैरेनी मुग्लिन सडक बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    भोलि राति दुई घण्टा आँबुखैरेनी मुग्लिन सडक बन्द हुने

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८२, आईतवार

    दमाैली, ९ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड भोलि दुई घण्टा पूर्ण रुपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेदेखि २ बजेसम्म उक्त खण्ड पूर्ण रुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    साँखरमा पहिरो नियन्त्रण कार्यका लागि पहिरोको भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सो अवधिभर सडकमा यातायात सञ्चालन गर्न नमिल्ने भएकाले सडक बन्द गरिने प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिइन्।

    साँखरमा गत असोज १८ गते सडक भासिएको थियो । हाल उक्त खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।