कालिकाका २५ विद्यार्थीलाई स्वीटर वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कालिकाका २५ विद्यार्थीलाई स्वीटर वितरण

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८२, आईतवार

    दमौली, १४ मंसिर । लायन्स क्लव अफ काठमाडौ ककनी र लियो क्लव अफ काठमाडौ ककनीको सहयोगमा भानु नगरपालिका-६ मान्द्रेस्थित कालिका प्राथमिक विद्यालयका २५ विद्यार्थीलाई आइतबार स्वीटर वितरण गरिएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फारले विद्यालयमा पुगेर विद्यार्थीलाई स्वीटर प्रदान गरे ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा सहज होस् भनेर स्वीटर वितरण गरिएको गफ्फारको भनाइ छ ।

    विद्यालयका प्रधानाध्यापक कल्पना अधिकारीले सहयोगप्रति आभार व्यक्त गरिन् ।