


काठमाडाै, १४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १८ औँ खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १५५ रनसहित लक्ष्य पूरा गरेको हो।
यो काठमान्डु गोर्खाजको चौथो जित हो। यो जितसँगै काठमान्डु गोर्खाज प्लेअफको नजिक पुगेको छ।