रास्वपाको लक्ष्य १५१ सिट जित्नु हो : उपसभापति वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रास्वपाको लक्ष्य १५१ सिट जित्नु हो : उपसभापति वाग्ले

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०८२, शनिबार

    पोखरा, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले १५१ सिट जित्ने लक्ष्य राखेको दाबी गरेका छन्। पोखरामा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले रास्वपा अब सानो संख्यामा खुम्चिएर कसैको ‘म्याजिक नम्बर’ वा सत्ताको वैशाखी बन्ने पक्षमा नरहेको स्पष्ट पारे।

    उनले २१ सिटबाट ५०–६० सिटमा पुगेर चित्त बुझाउनु पार्टीका लागि सहज बाटो भए पनि देशको अस्थिरता अन्त्य गर्न पूर्ण बहुमत नै अपरिहार्य रहेको बताए। ‘५०–६० सिट ल्याएर सरकारमा च्याखे थाप्ने वा म्याजिक नम्बरको खेलमा लाग्ने हाम्रो बाटो होइन,’ उनले भने, ‘अबको हाम्रो संकल्प २१ बाट एकैपटक १५१ सिटको हो। यो चानचुने कुरा होइन, तर मुलुकलाई निर्णायक धक्का दिन बहुमत आवश्यक छ।’