खाद्य डिभिजनद्वारा महोत्सवमा अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खाद्य डिभिजनद्वारा महोत्सवमा अनुगमन

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०८२, बुधबार

    दमौली, ३० पुस । दमौलीमा जारी छैठौं आदिवासी जनजाति महोत्सवमा खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरिएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, संचारकर्मी लगायतको उपस्थितिमा बुधबार महोत्सव स्थलमा रहेका खाद्य पदार्थ बिक्री तथा प्रदर्शन गरिएका स्टलहरूमा अनुगमन निरीक्षण गरिएको हो।

    डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यको नेतृत्वमा खटिएको अनुगमन टोलीले स्टलहरूमा राखिएका खाद्य सामग्रीको सरसफाइ, म्याद, भण्डारण अवस्था तथा खाद्य सुरक्षा मापदण्डको पालना भए–नभएकोबारे निरीक्षण गरेको थियो। अनुगमनका क्रममा व्यवसायीहरूलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री गर्न निर्देशन दिइएको आचार्यले बताए ।

    अनुगमन टोलीले खाद्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेमा आवश्यक कारबाही गरिने चेतावनी समेत दिएको छ। महोत्सवमा सहभागी दर्शक तथा उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने डिभिजन कार्यालयले जनाएको छ।