


दमौली, १५ फागुन। रास्वपा सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएको आरोपमा पक्राउ परेका सात जना युवालाई रिहा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएका ती युवालाई राति ९:१५ बजे रिहा गरिएको जनाएको छ । दमौलीको मुख्यचोकमा कालोझण्डा देखाएर विरोध जनाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा केही युवा घाइते भएको जनाइएको छ ।
युवाहरु पक्राउ परेपछि आक्रोशित केही समर्थकहरुले पृथ्वी राजमार्ग क्षेत्रमा धर्ना दिएका थिए ।