देवघाटमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडास्थित भित्री सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा देवघाट गाउँपालिका–१ कोटा बस्ने १४ वर्षीय शिवबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    नारायणगढबाट सिङतान आउँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय विष्णु माझी घाइते भएका छन् । उनको मुख, नाक र छातीमा चोट लागेको छ ।