


दमौली, ५ वैशाख । लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा सन्जिव अधिकारी चयन भएका छन् । क्लवको शनिबार सम्पन्न नवौ साधारणसभा एवं आठौ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।
प्रथम उपाध्यक्षमा महेन्द्र रिजाल, द्वितीय उपाध्यक्षमा सन्तोस दाहाल, तृतीय उपाध्यक्षमा गौरब खड्का, सचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा मिन कुवर चयन भएका छन् ।
क्लवका अध्यक्ष बसन्त जिसीको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, व्यास- ४ का वडा सदस्य तथा पूर्व अध्यक्ष सरोज भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।