साविक सामाजिक विकासको भवनमा प्रजिअ र सहायक प्रजिअको कार्यकक्ष स्थानान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साविक सामाजिक विकासको भवनमा प्रजिअ र सहायक प्रजिअको कार्यकक्ष स्थानान्तरण

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८३, सोमबार

    दमौली, ७ वैशाख। तनहुँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ)को कार्यकक्ष आजदेखि औपचारिक रूपमा साविक सामाजिक विकास कार्यालयको भवनमा स्थानान्तरण गरिएको छ।

    जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण प्रशासनिक संरचना प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले केही समयदेखि दमौली सभागृहबाट अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको थियो। तर, सेवा सञ्चालनमा देखिएका भौतिक तथा व्यवस्थापकीय चुनौतीलाई मध्यनजर गर्दै स्थायी विकल्पका रूपमा साविक सामाजिक विकास कार्यालयको भवनलाई प्रयोगमा ल्याइएको हो।

    नयाँ स्थानमा सरेसँगै प्रशासनले सेवा प्रवाहलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

    यसैबीच, सामाजिक विकास कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबीच संरचनागत एकीकरण भइसकेपछि सामाजिक विकास शाखालाई पुरानो घरेलु कार्यालयको भवनमा स्थानान्तरण गरिएको छ।