गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८३, सोमबार

    काठमाडाै ८ भदाै । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् ।

    जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।

    गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले  बताए । उनले भने, ‘अहिलेसम्म प्रदीप खड्का सहित ९ जना पक्राउ परेका छन् ।’

    बलात्कार र हत्यामा संलग्न आरोपी प्रदीप खड्का विद्यार्थी हुन् ।