त्रिशूली नदीमा बाढीको जोखिम, आँबुखैरेनी हुँदै चितवन जाने सवारीमा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    त्रिशूली नदीमा बाढीको जोखिम, आँबुखैरेनी हुँदै चितवन जाने सवारीमा रोक

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०८३, बुधबार

    तनहुँ, १० भदौ । त्रिशूली नदीको जलाधार क्षेत्रमा ठूलो बाढी आउन सक्ने सूचना प्राप्त भएपछि आँबुखैरेनी हुँदै चितवनतर्फ जाने सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै उक्त मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

    प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अत्यावश्यक अवस्थामा यात्रा गर्नैपर्ने भए नजिकको प्रहरी कार्यालयसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

    सम्भावित बाढी तथा विपद्को जोखिमलाई ध्यान दिई यात्रामा आवश्यक सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ।