


तनहुँ, ३० कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा विशाल झण्डासहितको पार्क निर्माणका लागि आयोजित देउसीभैलो कार्यक्रमबाट १ लाख ६३ हजार ९ सय ८५ रुपैयाँ संकलन भएको छ।
आज दमौली बजार केन्द्रित विशाल झण्डा प्रदर्शन तथा बृहत् देउसीभैलो कार्यक्रम आयोजना गरी निर्माणका लागि आर्थिक सहयोग संकलन गरिएको हो।
पार्क निर्माणका लागि आवश्यक रकम जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम आयोजना गरिएको निर्माण समितिका सचिव टीकाराम गिरीले जानकारी दिएका छन्।