मस्याङ्दी नदीमा अवैध बालुवा उत्खनन गर्ने ट्र्याक्टर र जेसीबीलाई ५० हजार जरिवाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मस्याङ्दी नदीमा अवैध बालुवा उत्खनन गर्ने ट्र्याक्टर र जेसीबीलाई ५० हजार जरिवाना

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८३, मंगलवार

    तनहुँ, १ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कुँडुलेघाटस्थित मस्याङ्दी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने एक ट्र्याक्टर र एक जेसीबी प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा ती सवारीसाधन नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा पठाइएको थियो। गाउँपालिकाले ट्र्याक्टरलाई २० हजार रुपैयाँ र जेसीबीलाई ३० हजार रुपैयाँ गरी कुल ५० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्य नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको जानकारी दिएका छन्।