२० प्रतिशत पुँजीगत बजेट असारमा खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    २० प्रतिशत पुँजीगत बजेट असारमा खर्च

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बुधबार

    तनहुँ/सङ्घ सरकार मातहतका कार्यालयले असार महीनामा मात्रै पुँजीगततर्फ विनियोजित बजेटको २० प्रतिशत रकम खर्च गरेका छन् । जिल्लाका लागि पुँजीगततर्फ रु एक अर्ब ८१ करोड १५ लाख ७० हजार पाँच सय ९९ विनियोजित भएकामा असार महीनामा मात्रै रु ३७ करोड ८९ लाख ९० हजार तीन सय ५२ खर्च भएको छ । पँुजीगततर्फ एक वर्षमा रु ९८ करोड ९६ लाख ४७ हजार तीन सय ५९ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो ।

    त्यस्तै चालुतर्फ असार महीनामा नौ प्रतिशत रकम खर्च भएको छ । चालुतर्फ कूल विनियोजित रु आठ अर्ब छ करोड २१ लाख ४६ हजार ६ सय ७८ विनियोजन भएकामा असार महीनामा रु ८० करोड ३० लाख ६० हजार चार सय ३० खर्च भएकोमा छ । कार्यालयका अनुसार चालुतर्फ एक वर्षमा रु सात अर्ब ६३ करोड चार लाख ४६ हजार एक सय ५९ खर्च भएको छ ।

    एक वर्षको अवधिमा सङ्घ र प्रदेश सरकार मातहतका कार्यालय गरी ८४.७८ बजेट खर्च भएको छ । सङ्घ मातहतका कार्यालयले चालुतर्फ ९४.६५ प्रतिशत र पुँजीगततर्फ ५४.६३ प्रतिशत रकम खर्च गरेका छन् भने प्रदेश सरकार मातहतका कार्यालयले चालुतर्फ ७०.११ प्रतिशत र पुँजीगततर्फ ७७.९ प्रतिशत बजेट खर्च गरेका छन् । सङ्घ सरकार मातहत कार्यालयका लागि उक्त वर्षमा रु नौ अर्ब ८७ करोड ३७ लाख १७ हजार दुई सय ७७ र प्रदेश सरकार मातहत कार्यालयका लागि रु दुई अर्ब ६३ करोड ६६ लाख ७० हजार नौ सय ६१ बजेट विनियोजन गरिएको थियो ।