खैरेनीटारमा बैंकको कर्मचारीलाई कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खैरेनीटारमा बैंकको कर्मचारीलाई कोरोना

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०७७, शनिबार

    तनहुँ । बैंक अफ काठमाडौं खैरेनीटार शाखामा कार्यरत एक जना महिला कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका–३० मा बस्दै आउनुभएकी २७ वर्षीया महिलालाई संक्रमणको पुष्टी भएको हो ।प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शनिवार सार्वजनिक गरेको विवरणमा उहाँलाई संक्रमणको पुष्टि गरेको छ ।

    स्रोतका अनुसार उहाँ भदौ २ गतेसम्म कार्यालय आउनुभएको थियो । केही समय स्वास्थ्यमा समस्या आएपछि पोखरामा भदौ ४ गते उहॉले परीक्षणका लागि स्वाब दिनुभएको थियो । उहॉको शनिबार परीक्षणको नतिजा पोजिटिभ आएको हो ।

    उहाँ पोखराबाटै स्कुटरमा कार्यालय आउजाउ गर्ने बुझिएको छ । उहाँलाई संक्रमण पुष्टि भएपछि शुक्लागण्डकी क्षेत्रमा कन्ट्याक ट्रेसिङको काम शुरु भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताउनुभयो । बैंक अफ काठमाडौंको एटिएम सेवा समेत बन्द गरिएको छ ।

    यस्तै, शनिबार तनहुँका दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा भीमाद नगरपालिका–३ का ४८ र आँबुखैरेनी गाउँपालिका–३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।