तनहुँ : तनहुँमा सोमबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र शुक्लागण्डकीमा एक/एक सङ्क्रमित थपिएका हुन् । दुवै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत् पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
व्यास नगरपालिका-५ का २६ र शुक्लागण्डकी नगरपालिका-४ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। तीमध्ये व्यास नगरपालिका-५ का पुरुष नेपाली सेनामा कार्यरत रहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।
काठमाडौबाट फर्किएका ती पुरुषलाई कोरोनाको जस्तो लक्षण देखिएपछि सेनाले उनलाई सुरक्षित रुपमा क्वारेन्टिनमा राखेको थियो ।