व्यास नगरपालिकाका १ सय ३३ जनाको रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाका १ सय ३३ जनाको रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँकाे व्यास नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ र समुदायका विभिन्न व्यक्तिकाे प्रतिनिधिमूलक रुपमा गरेकाे स्वाब परीक्षणमध्ये १ सय ३३ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । कोरोना सङ्क्रमणबाट पोखरामा मृत्यु भएकी व्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिला र पोखरामा कोरोना सङ्क्रमण भएर उपचाररत उनकै २५ वर्षीया छोरीको सम्पर्कमा आएकाहरु र समुदायका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा १ सय ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

    नगरपालिकाले १ सय ३४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसमध्ये व्यास नगरपालिका–५ का २६ वर्षीय नेपाली सेनामा कार्यरत युवालाई कोरोना पुष्टि भएको छ ।

    अम्रेनीकी महिलाले स्वास्थ्य परीक्षण गरेको थापा मेडिकल, अम्रेनीका स्थानीयवासी, ती महिलाको छोरी काम गर्ने पसलका व्यक्ति लगायतको स्वाब सङ्कलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले व्यास नगरपालिकाका एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो २४ घण्टाको अवधिमा तनहुँका ३ सय ३३ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये व्यास र शुक्लागण्डकी नगरपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ भने चार जना आइसोलेशनमा रहेकाको पनि रिपोर्ट पोजिटिभ आएको छ । बाँकी ३ सय २७ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।