तनहुँ : सरकारले तनहुँ क्षेत्र नं २ मा पर्याप्त मात्रामा बजेट विनियोजन गरेको छ । सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य केदार सिग्देलको पहलमा सरकारले चालु आर्थिक वर्ष ०७७/७८ का लागि उक्त रकम विनियोजन गरेको हो । तनहुँ क्षेत्र नं २ मा व्यास नगरपालिकाका दुई वडा, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिका पर्दछ ।
व्यास नगरपालिका अन्तर्गत मादी नदी पुल झापुटार सडकका लागि रु ४७ लाख ५० हजार, मादी नदी पुल शिशाघाटका लागि रु ७ लाख, साँगे खोल रानीटारीका लागि रु ७ लाख, दमौली शान्तिनगर सडकपुलका लागि रु ४७ लाख ५० हजार, मादी नदीपुल कलेस्ती दोभानका लागि रु २० लाख, मादी करिडोरका लागि रु पाँच करोड, बेल्टार पतेनीटार वृहत खानेपानी योजनाका लागि रु १० लाख, तनहुँ जलविद्युत आयोजनाका लागि रु चार अर्ब १३ करोड, लेखनाथ दमौली ५२० लाइन विस्तार आयोजनाका लागि रु ६ करोड ८० लाख, सौर्य उर्जा प्रविधि, बायोग्यास र लघुजलविद्युतका लागि रु ८ लाख, साँगेपतेनी सिचाई योजनाका लागि ६० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ६३ लाख, रोजगार प्रबद्र्धन कार्यक्रम सञ्चालनका लागि रु ५२ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (फलफूल विकास कार्यक्रम) का लागि रु एक करोड ११ लाख, समानीकरण अनुदानका लागि रु १८ करोड ६९ लाख, सशर्त अनुदानका लागि रु ५२ करोड ७७ लाख, विशेष अनुदानका लागि रु दुई करोड र समपुरक अनुदानका लागि रु दुई करोड ५० लाख विनियोजन गरेको छ ।
त्यस्तै व्यास नगरपालिका वडा नं ५ को उदय माविका लागि रु ७० लाख २५ हजार, जनजुक्त शाही माविका लागि रु ७० लाख २५ हजार र व्यास नगरपालिका वडा नं ६ स्थित महेन्द्रज्योति माविका लागि रु ७० लाख २५ हजार बजेट विनियोजन भएको छ । उक्त रकम विद्यालय भवन, खानेपानी र शौचालय निर्माणका लागि विनियोजन भएको हो ।
त्यस्तै शौचालय निर्माणका लागि व्यास नगरपालिका वडा नं ६ स्थित इन्दु मावि र रत्नज्योति आधारभूत विद्यालयका लागि रु १४÷१४ लाख बजेट विनियोजन भएको छ । खानेपानीतर्फ व्यास नगरपालिका वडा नं ५ स्थित जनजुक्त शाही मावि, व्यास नगरपालिका वडा नं ६ स्थित रत्नज्योति आधारभूत विद्यालय र शंकर आधारभूत विद्यालयका लागि प्रति विद्यालय रु ७ लाख ४० हजारका दरले विनियोजन भएको छ । व्यास नगरपालिका वडा नं ५ स्थित चिन्तुटार रंगशाला निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको छ ।
घिरिङ गाउँपालिका अन्तर्गत गाइघाट गल्याङ सडकका लागि रु तीन करोड, कालीगण्डकी पुल बैडीका लागि रु ४७ लाख ४० हजार, कालीगण्डकी पुल डेढगाउँ जोड्नेका लागि रु एक करोड, कालीगण्डकी पुल रोकुवा जोड्नेका लागि रु एक करोड, कालीगण्डकी पुल पुट्टारघाटका लागि रु दुई करोड, जलमार्ग सञ्चालन राम्दी देवघाटका लागि रु पाँच करोड ५० लाख, घ्याइछाप खानेपानी योजनका लागि रु एक लाख, गजरकोट खानेपानी आयोजनाका लागि रु ७० लाख, गड्यौलीटार वृहत खानेपानी आयोजनाका लागि रु १० लाख, पुट्टार भोटाहा झोलुङ्गेपुलका लागि रु ५० लाख, बडहरे खोला पुल शालिग्राम कोरिडोरका लागि रु १० लाख, तनहुँ विद्युतीकरण घिरिङ सहितका लागि रु ५८ करोड, सौर्य उजौ प्रविधिका लागि रु ८ लाख, अत्रौली सिचाइँ योजनाका लागि रु एक करोड २० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ६३ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु ७९ लाख, समानीकरण अनुदानका लागि रु ८ करोड ६६ लाख र शसर्त अनुदानका लागि रु १५ करोड ७ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै विद्यालयको दुई कोठे भवन निर्माणतर्फ अकला देवी आधारभूत विद्यालय, कृष्ण गंगा आधारभूत विद्यालय र जलवाराही प्राविका लागि रु २३ लाख ७५ हजारका दरले, चार कोठे भवन निर्माणतर्फ राष्ट्रिय माविका लागि रु ७० लाख २५ हजार र शौचालय निर्माणका लागि अकला देवी आवि, कृष्णगङ्गा आवि, गुदीभञ्ज्याङ आवि, भैरव आवि र महेन्द्रज्योति माविका लागि रु १४ लाखका दरले बजेट विनियोजन भएको छ ।
खानेपानीतर्फ अकला देवी आवि, कल्याणदेवी आवि, पशुपतिनाथ आवि, पार्वती आवि, महेन्द्रजयोति मावि र सरस्वती माविलाई रु ७ लाख ४० हजारका दरले रकम विनियोजन भएको छ ।
म्याग्दे गाउँपालिकातर्फ पिपलचौर गाउँपालिका जाने सडकका लागि रु ४० लाख, वराह खानेपानी योजनाका लागि रु १० लाख, साँगेखोला चाक्लेघाट झोलुङ्गेपुलका लागि रु १९ लाख, खैरेनीटार भीमाद कावासोती सडकका लागि रु पाँच करोड २० लाख, लेखनाथ दमौली २२० केभीए विद्युत विस्तारका लागि रु छ करोड ८० लाख, सौर्यउर्जा प्रविधिका लागि रु आठ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ६३ लाख, रोजगार प्रबद्र्धन कार्यक्रमका लागि रु १८ लाख, वातावरणमैत्री उद्यान निर्माणका लागि रु २५ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र फलफूल विकास कार्यक्रमका लागि रु ४६ लाख, समानीकरण अनुदानका लागि रु ९ करोड ६५ लाख, सशर्त अनुदानका लागि रु १५ करोड बजेट विनियोजन भएको छ ।
रविचन्द्र प्राविको दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ७५ हजार, महेन्द्र माविको चारे कोठे भवन निर्माणका लागि रु ७० लाख २५ हजार, खानेपानीतर्फ कुलज्योति आवि, रविचन्द्र आवि र राधा माविको लागि रु ७ लाख ४० हजारका दरले बजेट विनियोजन भएको छ ।
शुक्लागण्डकी नगरपालिकातर्फ सेतीनदी पुल दोभानका लागि रु ४७ लाख ५० हजार, क्याङ्दीखोला सडकपुलका लागि रु ४७ लाख ५० हजार, सेतीनदी पुल कोत्रे बजारका लागि रु दुई करोड, ढोरवाराही मार्गका लागि रु ४० लाख, खैरेनीटार भीमाद कावासोती सडकका लागि रु पाँच करोड २० लाख, खैरेनीटार खानेपानी योजनाका लागि रु एक लाख, कवासेटार दुलेगौडा खानेपानी आयोजनाका लागि रु ५० लाख, ढोरफिर्दी खानेपानी योजना संरचना निर्माण तथा सुधारका लागि रु ५० लाख, लालिम ढोरफिर्दी खानेपानी योजनाका लागि रु दश लाख, थर्पुटार शहरी सडक स्तरोन्नतिका लागि रु ५० लाख, रामचौतारा सिम्लेश्वारा सडक स्तरोन्नतिका लागि रु ७० लाख, सुरौदीखोला पुलका लागि रु ७० लाख, मिलेनियम गुफा, क्याङ्दीखोला, सेतीनदी, गोमतीबजार, साँगेखोला, छविसे, झोलुङ्गेपुलका लागि रु ६३ लाख, सुरौदी खोला फाँट सिचाइँ नियन्त्रणका लागि रु एक करोड ५० लाख, सुरौदीखोला गलपतेटार सिंचाई योजनाका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै जनशिशु कल्याण प्रावि, निर्मल प्रावि र सूर्य प्राविको दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ७५ हजारका दरले बजेट विनियोजन भएको छ । स्थानचोक प्राविको तीन कोठे भवन निर्माणका लागि रु ३५ लाख ४० हजार, अमरज्योति मावि, कालिका आवि, छाब्दी मावि र सरस्वती नमूना माविको चार कोठे भवन निर्माणका लागि रु ७० लाख २५ हजारका दरले बजेट विनियोजन भएको छ । कालिका आवि, कालिका आवि, गाउँफर्कोदय मावि, जनकल्याण मावि, दिवस मावि, निर्मल आवि र सरस्वती आविमा शौचालय निर्माणका लागि रु १४ लाखका दरले बजेट विनियोजन भएको छ । राष्टिय मावि, शान्तिवर्ष आवि, अमरज्योति आवि, आधारभूत मावि, गाउँफर्कोेदय मावि र जनशिशुकल्याण आविको खानेपानीका लागि रु ७ लाख ४० हजारका दरले बजेट विनियोजन भएको छ । गाउँफर्कोदय माविमा खेलमैदानका लागि रु २५ लाख बजेट विनियोजन भएको छ ।
भीमाद नगरपालिकातर्फ जिदीखोला पुलका लागि रु एक करोड, सेतीनदी पुल दोभानका लागि रु ४७ लाख ५० हजार, भिमकाली मार्गका लागि रु ४० लाख, श्रृङ्गपथका लागि रु ४० लाख, चित्रेभञ्ज्याङ भीमाद सडकका लागि रु ४० लाख, मिर्दी भीमाद सडकका लागि रु ८० लाख, खैरेनीटार भीमाद कावासोती सडकका लागि रु पाँच करोड २० लाख, भीमाद रामपुर मित्याल आरुङखोला सडकका लागि रु तीन करोड ७० लाख, भीमाद खानेपानी आयोजना सुविधा विस्तारका लागि रु ७५ लाख, सौर्य उर्जा प्रविधिका लागि रु आठ लाख, मियाँगाउँ मस्जिद निर्माणका लागि रु ३० लाख बजेट विनियोजन भएको छ ।
जनप्रेमी आवि र बलभद्र आविको दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ७५ हजारका दरले बजेट विनियोजन भएको छ भने जयनेपाल आविको तीन कोठे भवन निर्माणका लागि रु ३५ लाख ४० हजार बजेट विनियोजन भएको छ । अरुणोदय मावि, जनज्योति मावि, पार्वती मावि, पृथ्वी मावि, बालविकास मावि, बालशैक्षणिक मावि, शङ्कर मावि र सिद्धार्थ मावि को चार कोठे भवन निर्माणका लागि रु ७० लाख २५ हजारका दरले बजेट विनियोजन भएको छ ।
शौचालय निर्माणतर्फ अकला आवि, कोष आवि, जनता आवि, दिपज्योति आवि, बालकल्याण आवि, रघु मावि र सिद्धार्थ माविका लागि रु १४ लाखका दरले र खानेपानीतर्फ कोष आवि, जयनेपाल आवि, पार्वती मावि, पृथ्वी मावि, मङ्गलोदय मावि र रघु माविका लागि रु ७ लाख ४० हजारका दरले रकम विनियोजन भएको छ ।
ऋषिङ गाउँपालिकातर्फ गाइघाट गल्याङ सडकका लागि रु तीन करोड, मादी नदी पुल झापुटार सडकका लागि रु ४७ लाख ५० हजार, कोइदिमघाट पुलका लागि रु ४७ लाख ५० हजार, कालीगण्डकी पुल गडगडीघाटका लागि रु दुई करोड, श्रृङ्गपथका लागि रु ४० लाख, झापुटार भिरकोट सडकका लागि रु ४० लाख, बटौलीटारी डेढगाउँ झोलुङ्गेपुलका लागि रु ५० लाख, ज्वालाखोला, बानियाखोला, राजमूलदोभान, सिन्दुसखोला दोभान, कोरलाङ खोला झोलुङ्गेपुलका लागि रु ७६ लाख बजेट विनियोजन भएको छ ।
कालिका प्रावि र शिवसुन्दर प्राविको दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ७५ हजारका दरले बजेट विनियोजन भएको छ भने सरस्वती आविको तीन कोठे भवन निर्माणका लागि रु ३५ लाख ४० हजार बजेट विनियोजन भएको छ । जयदुर्गा मावि, पद्मज्योति आवि, बालविकास मावि, महेन्द्रोदय मावि र शुक्ला माविको चार कोठे भवन निर्माणका लागि रु ७० लाख २५ हजारका दरले बजेट विनियोजन भएको छ ।शौचालयतर्फ अम्मर मावि, धर्म आवि, भास्कर आवि, शान्ति मावि र शुक्ला माविको लागि रु १४ लाखका दरले र खानेपानीतर्फ बालशिक्षा निकेतन मावि, अम्मर मावि, जयदुर्गा मावि, बाराही आवि, महेन्द्रोदय आवि, श्रृङ्ग मावि र सरस्वती आविका लागि रु ७ लाख ४० हजारका दरले बजेट विनियोजन भएको छ ।