नगरपालिकालाई शववाहन हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नगरपालिकालाई शववाहन हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ । इकाईले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई साेमबार शववाहनको साँचो हस्तान्तरण गर्नुभयो । नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको इकाई सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

    “इकाईले दमौलीमा सात वर्ष एम्बुलेन्स सञ्चालन ग¥यो, विगत एक वर्षदेखि शववाहन सञ्चालन गर्दै आएको थियो,” श्रेष्ठले भन्नुभयो, “शववाहनको चालक पाल्न गाह्रो भएपछि सम्पूर्ण जिम्मा नगरपालिकालाई हस्तान्तरण गरेका छौ ।” उहाँका अनुसार सवारी चालकलाई मासिक रु २२ हजार भन्दा बढी तलब दिनुपथ्र्यो । “कुनै महिनामा एउटा पनि शव नआउँदा इकाईलाई भार प¥यो, नगरपालिकामा सवारी चालक नै छन्, उनीहरुलाई नै शववाहन चलाउने जिम्मेवारी दिन सकिन्छ,” उहाँले भन्नुभयो ।

    नगरप्रमुख न्यौपानेले शववाहन हस्तान्तरण गरेकामा इकाईलाई धन्यवाद ज्ञापन गर्दै अब यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाको रहने बताउनुभयो ।