गर्भपतन र जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    गर्भपतन र जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, सोमबार

    तनहुँ : गर्भपतन र जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका–३ खाल्डीबास बस्ने ५९ वर्षीय बलबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    विकलाई आइतबार साँझ निजकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । विकलाई जिल्ला अदालत तनहुँले विसं २०७२ माघ १० गर्भपतन मुद्दामा १० महिना १२ दिन र जबरजस्ती करणी मुद्दामा ५ वर्ष दुई महिना २४ दिन कैद र रु ५० हजारको जरीवानाको फैसला गरेको थियो ।

    पक्राउ परेका विकलाई अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम निजलाई कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ चलान गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकालाई पक्राउ गर्न अभियान सञ्चालन गरेको छ ।