सुनको भाउ ओरालो लाग्नेक्रम जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको भाउ ओरालो लाग्नेक्रम जारी

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं : सुनको भाउ मंगलबार पनि घटेको छ । यस दिन सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ भने सोमबारकै स्थिर अर्थात प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।