भानुका वडाध्यक्षसहित चार जनाले जिते कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका वडाध्यक्षसहित चार जनाले जिते कोरोना

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    तनहुँ : भानु नगरपालिकाका ४ जना कोरोना संक्रमित निको भएका छन् । जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा उपचाररत भानु नगरपालिका– ४ का वडाध्यक्षसहित चार जना निको भएका हुन् ।


    उनीहरुको सोमबार दोस्रो पटक स्वाब संकलन गरि पिसीआर परीक्षणका लागी पोखरा पठाईएकोमा ६१ बर्षिय वडाध्यक्षसहित ४२, ३० र ४२ बर्ष उमेरका चार जना पुरुषको रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताउनुभयो । २२ जनाको स्वाब पोखरा पठाईएको थियो । निको भएकालाई डिस्चार्ज गर्ने तयारी भएको पौडेलले जानकारी दिनुभयो । निको भएका दुई जना साउन ३० गते र थप दुई जना ३१ गते संक्रमणको पुष्टी भएका हुन् ।

    अब यहाँ भानु नगरपालिकाका १९ जना संक्रमित उपचाररत छन् । शुक्लागण्डकी नगरपालिकाका तीन जना, भिमाद नगरपालिका, व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिका एक÷एक जना गरेर २५ जना संक्रमित जिपीको आईसोलेसनमा उपचाररत छन् ।